काठमाडौं । २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ परेका छन् । बुटवलबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाईएको छ ।नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट एक जना कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका हुन् । जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।
बुटवलबाट खटिएको अख्तियारको टोलीले राम लखनलाई पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुर चोकबाट बुधबार नियन्त्रणमा लिएको हो ।उनले लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्ति छुटाइदिने भन्दै दुई लाख घुस लिएको आरोप छ ।
