After header

काभ्रे ट्राफिक प्रहरीको लापसे चेकिङ ः ८ जना चालक नियन्त्रणमा

काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले लागु पदार्थ सेवन गरी सवारी चलाउदैं गरेका आठ जनालाई पक्राउ गरेको छ । काभ्रेको पनौती नगगरपालिका वडा नं. ५ आई.टि पार्कमा नजिकै गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ८ जना चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी काभ्रेले जनाएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकको सहकार्यमा तथा आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुर्घटना न्युनिकरण एवं रोकथामको लागि सञ्चालित आई.टि पार्कमा गरीएको चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ईलाक प्रहरी कार्यालय बनेपा पठाईएको जिल्ला ट्राफिक प्रहरी काभ्रेका प्रमुख सुनिल धाजुले जानकारी दिए । स्वास्थ्य कार्यालय काभ्रेको प्राविधि टोलिले चेकजाँच गर्दा लागु औषध सेवन गरी सवारी चलाएको स्वास्थ्थ जाँचपछि उनीहरुलाई नियत्रन्ण लिएको धाजुले जानकानरी दिए ।

यात्रुबाहक बस, ट्रिपरसहित अन्य साधनका चालकको लापसे (लागू पदार्थ सेवन) चेक गरेको थियो । ४० जना चालकको लापसे सेवन गरेकोमा ८ जनाले लागू पदार्थ प्रयोग गरेर सवारी चलाएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।

८ जनामा ६ जना बस चालक रहेका छन् भने ट्रिपर चालक र सुमो चालक एक एक जना रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यम कानुनी कार्बाहीका लाई इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ ।यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकलेनै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको उनको भनाई थियो । लापसे अन्तर्गत सवारी चालकहरूले लागूपदार्थ सेवन गरेको नगरेको चेक जाँच गरिन्छ । लापसे चेक गर्ने किडको सहयोगले पिसाबमार्फत यो चेकजाँच गरिन्छ । चालकले ड्रग, हिरोइन ब्राउन सुगर गाँजा आदी सेवन गरेको खण्डमा पिसाब र किडको माध्यमबाट थाहा हुनेछ ।

एक पटक पढ्नुहोस