दरबारमार्ग घटनाका मुख्य अभियुक्त पक्राउ

काठमाडौं । दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्की पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले उनलाई सोमबार राति दरबारमार्गबाटै पक्राउ परेको हो । रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्ने शैलेश कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शैलेशसहितको समूहले माघ पहिलो साता ल्याण्डमार्क होटलमा एक युवतीको बलात्कार गरेका थिए । तर, घटना मिलापत्रमा लुकाइएको थियो ।

यो सूचना बाहिर आएपछि प्रहरी अधिकारी समेत कारबाहीमा परेका छन् ।

एक पटक पढ्नुहोस