After header

१७ लाख नगद सहित २२ जना जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले १७ लाखद नगद सहित २२ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरीबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी वृत्त थानकोटको टोलीले सोमबार साँझ विशेष सूचनाको आधारमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकासँगै प्रहरीले १७ लाख रुपैयाँ नगद र कौडा खेल्न प्रयोग हुने सामग्री समेत बरामद गरेको जनाएको छ । उनीहरूलाई आवश्यक कानूनी कारबाहीका लागि अनुसन्धान अघि बढाइएको छ ।

एक पटक पढ्नुहोस