After header

सोनम कपुर लगनगाँठोमा कसीदै

बलिउडमा जब कुनै नायिकाले बिहे गर्न आँट्छिन् उनलाई सोधिने पहिलो प्रश्न हुन्छ, ‘बिहेपछि फिल्मलाई निरन्तरता दिनुहुन्छ कि दिनुहुन्न ?’

नायिका सोनम कपुर अर्को महिना आफ्ना प्रेमी आनन्द आहुजासँग लगनगाँठो कस्दैछिन् । र, अहिले उनलाई पनि यही प्रश्न सोध्न थालिएको छ ।

हालै फिल्म ‘वीरे दि वेडिङ’ को पत्रकार सम्मेलनमा यो प्रश्न आएपछि नायिका क्षुब्ध बनिन् । उनले जवाफ दिइन्, ‘यो प्रश्न हामी नायिकाहरुलाई मात्र किन सोधिन्छ ? नायकहरुले पनि त बिहे गर्छन्, उनीहरुलाई किन सोधिँदैन ? शाहिद कपुरले मिरा राजपुतसित बिहे गर्दा बिहेपछि के गर्नुहुन्छ भनेर किन सोधिएन ?’

सोनमको यस्तो जवाफबाट पत्रकारहरु अवाक् बनेका थिए ।

उक्त पत्रकार सम्मेलनमा सोनमले सन्तान जन्माएलगत्तै फिल्ममा फर्केकी करिना कपुरको प्रशंसा गरिन् । करिनाले इन्डष्ट्रीमा उदाहरण बसालेको उनको भनाई थियो ।

‘करिना मेरो राम्रो साथी पनि हुन्, उनीसँग काम गर्दा खुबै मजा आयो,’ सोनमले भनिन् । करिनाले पनि फिल्ममा खुब इन्जोई गरेको उनको भनाई थियो ।

एक पटक पढ्नुहोस