After header

कतै तपाई को भान्सामा विष त भित्रिदैछैन

हामी बाँच्नका लागि खाना खान्छौं । स्वस्थ्य जीवनका लागि खाना खान्छौं । तर, हामीलाई यस कुरामा हेक्का नहुन सक्छ कि, हाम्रो भान्सामा भित्रिने खानेकुरा विषाक्त छन् । त्यही विषाक्त खानेकुरा सेवन गर्छौ । त्यसले कलेजो, मिर्गौला जस्ता भित्री अंगहरुलाई गम्भीर हानी पुर्‍याइरहेका छन् ।

पछिल्लो समय रोगीहरुको संख्या बढ्दै जानुमा खानपान पनि एउटा कारण बन्दै गएको छ । अस्वस्थ्यकर एवं विषाक्त खानाको कारण हामी दिनदिनै रोगी, जिर्ण, कमजोर, सिथिल बन्दै गइरहेका छौं । अहिले मिर्गौला रोगीको संख्या पनि उत्तिकै छ । र, यसमा विषाक्त खानपान एउटा कारण बनेको छ ।

यसरी भित्रिदैछ विष

हाम्रो भान्सा नै विषाक्त बन्दैछ, हामीले आयत गर्ने खानेकुराको माध्यामबाट । हामी साग किन्छौं, फलफूल किन्छौं । सिमी, काउली, गोलभेडा, आँप, केरा किन्छौं । यी सबैबाट हाम्रो भान्सामा विष भित्रिन्छ । किनभने यस्ता सागसब्जी, फलफूल उत्पादन गर्न र भण्डारण गर्नका लागि हानिकारक रसायन प्रयोग गरिन्छ ।

सागसब्जीमा त रासयनिक मल प्रयोग गरिन्छ । किरा-फट्याङ्ग्राबाट बचाउन किटनाषक औषधी प्रयोग गरिन्छ । त्यती मात्र होइन, चाडै उमार्न, ठूलो बनाउन समेत रसायनिक औषधीको प्रयोग गरिन्छ । खानेकुरामा यसरी सोझै प्रयोग गरिने विषाक्त पदार्थ हामी पनि सेवन गर्न पुग्छौं । किनभने हामी बजारको खानेकुरामा निर्भर छौं ।

बजारमा त्यही खानेकुरा आइपुग्छन्, जो व्यवसायिक रुपमा उत्पादन गरिएको हो । र, अहिले यसरी उत्पादन गरिएका अधिकांश सागसब्जी, फलफूलमा किटनाषक औषधी प्रयोग गरिएको हुन्छ ।

अब के गर्ने त ?

विषाक्त खानेकुराबाट बच्ने केही उपाय छन् । पहिलो त, आफ्नै उत्पादन उपभोग गर्ने, जसमा कुनै रासयनिक मल, किटनासक प्रयोग नगरिएको होस् ।

आफ्नो करेसा बारी, बगैंचा, छत आदिमा उत्पादन गरेर सागसब्जी सेवन गर्न सकिन्छ । यो काम झन्झटिलो त हुन सक्छ, तर शरीरलाई स्वस्थ्य राख्ने सर्वोत्तम काइदा पनि हो । रोगले थलिएर अस्पतालमा भर्ना हुनुभन्दा आफ्नै पौरखले सागसब्जी उत्पादन गरेर सेवन गर्नु आफैमा राम्रो कुरा हो ।

तर, अहिलेको व्यस्त दैनिकीमा धेरैलाई यस्तो फुर्सद नमिल्न सक्छ । कतिलाई समय मिल्दैन, कतिलाई जाँगर चल्दैन । त्यस्तो अवस्थामा बजारबाट आयत गरिएकै खानेकुरा सेवन गर्नुको विकल्प छैन । यद्यपी त्यस्ता खानेकुरालाई पनि विषरहित बनाउन सकिन्छ ।

सागसब्जी खरिद गर्दा पनि त्यो विषाक्त छ/छैन भन्ने कुरामा चनाखो हुनुपर्छ । हेर्दा चिल्लो, राम्रो सागसब्जीमा किटनाषक औषधी प्रयोग गरिएको हुनसक्छ । रातो एवं रहरलाग्दो गोलभेडा पनि विषाक्त हुन्छ ।

बजारबाट सागसब्जी, फलफूल खरिद गरेर ल्याइसकेपछि सफा पानीमा डुबाउनुपर्छ । आधा वा एक घण्टा पानीमा डुबाएपछि मात्र पकाउनुपर्छ ।

एक पटक पढ्नुहोस