After header

रेस ३ मा ज्याकलिनको खतरनाक एक्सन

सलमान खानको बलिउड फिल्म ‘रेस ३’ को ट्रेलर रिलिज भएलगत्तै सामाजिक सञ्जालमा यसमाथि खुबै मजाक चलिरहेको छ । खासगरी यो फिल्मको हास्यास्पद डाइलगहरुलाई लिएर ट्रोलहरु बनिरहेका छन् ।

हुन पनि रेस ३ को ट्रेलर हेर्दा साह्रै थोत्रा डाइलगहरु छन् । फिल्ममा नयाँपन केही पनि छैन । सलमान खानको पुरानै स्टाइलको एक्सनले दर्शकहरुलाई कतिसम्म तान्न सक्छ, त्यो अहिल्यै भन्न सकिँदैन ।

त्यसो त यो फिल्ममा सलमानले मात्र होइन, नायिका ज्याकलिन फर्नान्डीजले पनि खतरनाक एक्सन गरेकी छिन् । नायिकाहरुले एक्सन सिन गर्दा प्राय डुब्लिकेट प्रयोग गर्ने गरिन्छ । तर, ज्याकलिनले भने डुब्लिकेट प्रयोग गर्न मानिन् । उनले आफैंले सबै सिन दिने अडान लिइन् ।

एक्सन सिनका लागि ज्याकलिनले लामो तयारी गरेकी थिइन् । करिब ६ महिना तालिम लिएर आफूलाई निखारेकी थिइन् । एक्सनका साथै फिल्ममा उनको पोल डान्स पनि समावेश गरिएको छ । ज्याकलिन पोल डान्सका लागि पहिल्यैदेखि प्रख्यात छिन् ।

रेस ३ मा ज्याकलिनका साथै अर्की अभिनेत्री डेजी शाह पनि छिन् । डेजीले ट्रेलरमा बोलेको एउटा डाइलगमाथि निकै मजाकहरु भइरहेका छन् । उनी भन्छिन्, ‘आवर विजनेस इज आवर विजनेस, नन अफ योर विजनेस ।’ यो डाइलगमाथि थुप्रै मेमेहरु बनिरहेका छन् ।

एक पटक पढ्नुहोस