After header

कसले दिए बहिनीलाई महँगा उपहार ?

बलिउडमा नाता–सम्बन्धलाई महत्वका साथ लिने गरिन्छ । बलिउड सेलेब्रिटी व्यस्त समयका बीच पनि घरपरिवारसँग समय बिताउन बिर्सिंदैनन् । दाजु–बहिनीको सम्बन्ध त जो–सुकैका लागि विशेष हुने गर्छ । कहिलेकाहीँ दाजु–बहिनीको झगडा पर्छ, तर त्यसमा प्रेमको कुनै कमी हुँदैन । यस्तै, केही बलिउड अभिनेताहरू, जसले आफ्नी बहिनीलाई महँगो उपहार दिएका छन् :

सलमान र अर्पिता
बलिउडका ‘भाइजान’ अर्थात् सलमान खान यस मामलामा सबैभन्दा अगाडि छन् । उनले आफ्नी बहिनीका लागि यस्तो उपहार दिएका छन्, सायद कुनै दाइले पनि यति गर्न सक्दैनन् होला । सलमानले बहिनी अर्पितालाई साढे दुई करोड भारतीय रुपैयाँ पर्ने कार उपहार दिएका छन् ।

रणवीर सिंह र ऋतिका
बलिउडका युवा सुपरस्टार ‘खिलाजी’ रणवीर सिंह पनि यो सूचीमा निकै अगाडि आउँछन् । उनले बहिनी ऋतिकालाई एक करोड २५ लाख भारुको कार उपहार दिएका छन् ।

रणवीर कपुर र ऋद्धिमा
बलिउडमा नट्टीब्वाय रणवीर कपुर आफ्नी बहिनीलाई धेरै नै प्रेम गर्छन् । यस्तैमा आफ्नो प्रेम दर्शाउनका लागि रणवीरले बहिनी ऋद्धिमालाई एक पेन्टिङ उपहार दिएका छन्, जसको मूल्य दुई करोड ५० लाख भारु थियो ।

अक्षयकुमार र अलका
बलिउडका खेलाडी उर्फ अक्षयकुमार पनि यस दौडमा कम छैनन् । उनले बहिनी अलकालाई केही विशेष र महँगा उपहार दिइसकेका छन् । उपहारमा ९५ लाख भारतीय रुपैयाँको कार पनि समावेश छ ।

सैफअली खान र सोहा
अभिनेता सैफअली खान आफैँ पनि खानदानी हुन् । उनको पैतृक सम्पत्तिलाई लिएर बलिउडमा खुबै चर्चा हुने गर्छ । तर, उनले बहिनी सोहालाई महँगा उपहार दिएका छैनन् । उनले सोहालाई मात्र २० लाख भारुको हीराको औँठी उपहार दिएका छन् ।

अभिषेक बच्चन र श्वेता
बलिउडमा सुपरस्टारहरूमा सबैभन्दा कन्जुस दाजु अभिनेता अभिषेक बच्चन मानिन्छन् । जसले बहिनी श्वेतालाई मात्र ३० लाख पर्ने एक बिएमडब्ल्यू कार उपहार दिएका थिए ।

हर्षबद्र्धन कपुर र सोनम कपुर
भर्खरै बिहे गरेकी सोनम कपुरलाई उनका दाइ अभिनेता हर्षबद्र्धन कपुरले केही महँगा उपहार दिएका छन् । हर्षबद्र्धनले बहिनी सोनम कपुरलाई दुई करोड २५ लाख भारु पर्ने फरारी कार उपहार दिएका छन् ।

एक पटक पढ्नुहोस