पार्टी एकतापछि प्रचण्डको पहिलो भारत र चीन भ्रमण !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत र चीन भ्रमण मिति तय भएको छ । प्रचण्डले यहि भदौ २२ देखि २७ गतेसम्म भारत भ्रमण गर्ने र असोज १ गतेदेखि एक साता चीन भ्रमणमा जाने स्रोतले जनाएको छ ।

नेकपा एमाले र माओवादीबीच एकता भएपछि यो प्रचण्डको पहिलो राजनीतिक विदेश भ्रमण हुने भएको छ ।

भारत भ्रमणका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा छलफल गर्नेछन् । त्यस्तै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट गर्नेछन् ।

यसैगरी साउन दोस्रो साता नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले प्रचण्डसँग भेटवार्ता गरि चीन भ्रमणको निमन्त्रणा दिएका थिए ।

एक पटक पढ्नुहोस