पाँच महिनामा के–के गरे प्रधानमन्त्रीले ?

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले ५ महिने उपलब्धि सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका काम समेटेर ७४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको हो ।

ओली नेतृत्वको सरकारले प्रमुख सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, सिण्डिकेटको अन्त्य,  विकास निर्माणमा ढिलासुस्तीको अन्त्य, औचित्यहीन भ्रमण नियन्त्रणमा रोक लगायतका विषयलाई उपलब्धि भएको जनाएको छ ।

सार्वजनिक खर्चमा मितव्ययिता, विकास निमार्णमा ढिलासुस्ती, औचित्यहीन भ्रमणमा नियन्त्रण। डुवान समस्याको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन लगायतलाई पनि प्रधानमन्त्रले उपलब्धीको रुपमा लिएको छ ।

त्यस्तै सरकारले पाँच महिनाको अवधिमा नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबास रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सकिएको, मुग्लिनमा त्रिशुली नदीमा आर्कब्रिज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले उपलब्धीमा राखेको छ । नागढुंगामा सुरुङ मार्ग निर्माण हुनुलाई पनि सरकारको उपलब्धीको सूचीमा राखिएको छ ।

एक पटक पढ्नुहोस