क्रिकेटका ब्याड म्यान

खेलकुुदको अर्को नाम अनुुशासन पनि हो। खेलाडी, प्रशिक्षक, अफिसियल, प्राविधिक सबै अनुुशासनमा बसेमा मात्र खेलकुुद पनि अनुुशासित बन्न सक्छ। तर, विश्व खेलकुुद जगत्मा यस्तो अनुुशासनहीन काम पनि भएका छन्, जसले अनुुशासनको पर्याय मानिने खेलकुुदलाई पनि बदनाम गरेको छ।

संसारको लोकप्रिय खेल मध्येमा पर्छ, क्रिकेट। अझ हाम्रै छिमेकी मुुलुुक भारतलाई हेर्ने हो भने क्रिकेट त्यहाँको संस्कृति बनेको छ र आफ्ना मन पर्ने खेलाडीलाई प्रशंसकले भगवान् मान्ने गरेका छन्। प्रशंसकहरू आफ्ना आदर्श खेलाडीले मैदानभित्र र मैदानबाहिर पनि सदैव राम्रो व्यवहार मात्र गरून्, अनुुशासनमा बसून् भन्ने चाहन्छन्। तर, क्रिकेटले संसारभर यति धेरै लोकप्रियता पाउँदा पाउँदै पनि केही खेलाडीका कारण यो समय समयमा विवादमा पनि मुुछिने गरेको छ। जस्तो बल टेम्परिङ (बल बिगार्ने), म्याच फिक्सिङ र स्क्यान्डल। अझ केही खेलाडी यौनकाण्डमा समेत फसे, जसले तिनको व्यक्तिगत जीवनका साथै व्यावसायिक जीवनलाई पनि धरापमा पा¥यो। यहाँ यौनकाण्डमा मुुछिएका क्रिकेटका ‘ब्याड म्यान’का बारेमा चर्चा गरिएको छ।

श्रीलंकाका क्रिकेटर धनुुष्का गुुणतिलकालाई नर्वेकी महिलालाई जबर्जस्ती होटलमा पुु¥याएर बलात्कार गरेको अभियोगमा श्रीलंकाली क्रिकेट संघले निलम्बन ग¥यो। उनलाई प्रतियोगिताका दौरान जबरजस्ती महिलालाई होटलमा पुु¥याएर बलात्कार गरेर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को आचारसंहिता उल्लंघन गरेको आरोपमा श्रीलंकाली संघ र आईसीसीले छुुट्टाछुुट्टै कारबाही गरे। यो कारबाहीपछि गुुणतिलकाको क्रिकेट करिअर पनि समाप्त भयो।

पाकिस्तानका एक चर्चित खेलाडी हुुन्, वासिम अक्रम। तीव्र गतिमा ‘स्विइङ’ बल फालेर चर्चा बटुुलेका अक्रम मैदानबाहिर पनि रोमान्सका अनेक घटनाका कारण चर्चामा रहे।

सन् १९९८ मा पाकिस्तानी टोलीले दक्षिण अफ्रिका भ्रमण गर्दा पाकिस्तानले भ्रमण स्थगित गर्ने चेतावनी दिएको थियो। पाकिस्तानी टिम व्यवस्थापकले टोलीका दुुई खेलाडी वासिम अक्रम र सक्लेन मुुस्ताकमाथि कुुटपिट भएको दाबी गरेको थियो। पाकिस्तानका यी दुुई खेलाडीले होटल छाडेर स्ट्रिप क्लबमा गएका बेला स्थानीयवासीसँग झगडा गरेका थिए। उनीहरूले क्लबका केटीहरूमाथि जबर्जस्ती गर्न खोजेपछि स्थानीयवासीले प्रतिकार गरेको घटना सार्वजनिक भएको थियो।

पिटरसनकी पे्रमिकाले उनी सेक्सको एडिक्ट नै भएको जनाउँदै उनीसँग होशियार रहन महिलालाई भनेकी थिइन्।

पाकिस्तानी क्रिकेटर अक्रमको नाम बलिउड नायिका सुुस्मिता सेनसँग जोडिएको थियो। उनीहरू लामो समय रिलेसनमा रहेको खबरले पटकपटक सञ्चारमाध्यम ताते पनि उनीहरूले त्यसबारे केही बताएनन्। पछि अक्रमले अस्ट्रेलियाकी फिजियोथेरापिस्ट सानिरा थोपसनसँग घरजम गरे।

क्रिकेटका अर्का ब्याड म्यान हुुन्, सेन वार्न। अस्ट्रेलियाका महान् लेग स्पिनर वार्नले क्रिकेट मैदानमा ऐतिहासिक सफलता आर्जन गरेका छन्। क्रिकेटको मैदानभित्र निकै सफल यी क्रिकेटर मैदानबाहिर भने ब्याड म्यानका रूपमा चिनिन्छन्। उनी अफेयर्स, लडाइँझगडा र लागूऔषधका कारण पनि बदनाम भए। सन् २००० मा वार्नले ब्रिटिस नर्स डोना राइटसँग अश्लील कुुरा गरेको आरोप थियो। यसैगरी सन् २००३ मा मेलबर्नमा २५ वर्षीया मोडललाई पनि जिस्क्याएको आरोप उनीमाथि लागेको थियो। यसैगरी सन् २००६ मा उनले दुुई मोडलसँग सम्बन्ध राखेको तस्बिर एक म्यागजिनमा प्रकाशित भएको थियो। यसैगरी सन् २०११ को इन्डियन प्रिमियर लिग (आईपीएल)का क्रममा प्रेमिका इलिजावेथ हर्लेलाई स्टेडियममै चुुम्बन गरेपछि निकै आलोचित भएका थिए।

पाकिस्तानका पूर्वअलराउन्डर शाहिद अफ्रिदी आफ्नो लुुक्सका कारण महिलामाझ निकै लोकप्रिय थिए। नीलो आँखा, अग्लो ज्यान र हँसिलो अनुुहारका कारण उनको लोकप्रियता संसारभरका युुवतीमाझ थियो। सन् २००० मा एक शृंखलाका लागि पाकिस्तानी टोली सिंगापुुर जानुुअघि अफ्रिदीलाई कराँचीको एक होटलमा केही युुवतीसँग भेटिएको थियो। त्यो बेला अफ्रिदीसँगै हसन राजा र अतिक उज जमानमाथि पनि यही आरोप लागेको थियो। यस विषयमा पाकिस्तानी क्रिकेट बोर्डले अफ्रिदीसँग स्पष्टीकरण नै मागेको थियो। अफ्रिदीले आफ्नो बचाउ गर्दै होटलमा ती युुवतीलाई अटोग्राफ दिन मात्रै गएको बताएका थिए। स्पष्टीकरण चित्तबुुझ्दो नभएको भन्दै पाकिस्तानी क्रिकेट बोर्डले उनीसहित तीनैजना खेलाडीलाई आईसीसी च्याम्पियन्स ट्रफी खेल्न प्रतिबन्ध गरेको थियो। यो घटनापछि पनि अफ्रिदी प्रेमसम्बन्ध र अफेयर्समा फसेको चर्चा सेलाएन।

क्रिकेटका अर्का ब्याड म्यान हुुन्, इङ्लिस क्रिकेटर केभिन पिटरसन। सन् २००५ मा पिटरसन अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिचान स्थापित गर्न लागिपरेका थिए, त्यही बेला उनकी प्रेमिकाले उनीमाथि गम्भीर आरोप लगाइन्।

प्रेमिका बेनिसा निम्मोको आरोपपछि पिटरसन निकै विवादित बनेका थिए। निम्मोले पिटरसन हर समय यौनको मात्रै भोको भएको आरोप लगाएकी थिइन्। हरेक क्षण शरीर सुुम्पन नसक्ने भन्दै निम्मो पिटरसनसँग छुुट्टिएकी थिइन्। उनले पिटरसन सेक्सको एडिक्ट नै भएको जनाउँदै उनीसँग होशियार रहन महिलालाई भनेकी थिइन्।

लभ, अफेयर्स र मोजमस्तीमा अग्रणी रूपमा आउने अर्को नाम हो, क्रिस गेल। विस्फोटक ब्याट्सम्यानको छवि बनाएका जमैकाका क्रिकेटर गेल यौनका मामिलामा पनि चर्चामा छाउँछन्। कालो वर्ण भए पनि ‘चार्मिङ पर्सनालिटी’का कारण महिलाहरू पनि उनीसँग नजिक हुुन्छन्। विस्फोटक खेलाडी गेलको यौनकाण्ड सन् २०१२ को आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटका दौरान बाहिर आएको थियो। त्यस बेला उनले तीन ब्रिटिस महिलासँग श्रीलंकाको एक होटलमा रात बिताएको कुुरा बाहिरिएको थियो। त्यसपछि यी क्रिकेटरको निकै आलोचना भयो। यो काण्डपछि पनि गेलको व्यवहारमा सुुधार भएन। आफ्नै देश वेस्ट इन्डिजभित्र होस् या अन्य मुुलुुकमा, उनका रोमान्सका खबर आउने क्रम जारी रह्यो।

क्रिकेटमा ब्याड म्यानको छवि बनाउनेमा यी खेलाडी मात्र छैनन् अन्य थुुप्रै खेलाडी पनि यो लिस्टमा सामेल छन्। इङ्ल्यान्डका पूर्वखेलाडी सर इयान बोथाम, दक्षिण अफ्रिकाका हर्सेल गिब्स, इङ्ल्यान्डका पूर्वकप्तान माइक गेटिङ, न्युुजिल्यान्डका तीव्र गतिका बलर डार्लिल टपे, पाकिस्तानका मोहमद अक्रम र सक्लेन मुुस्ताफ, पाकिस्तानी अम्पायर असद रफ आदि पनि क्रिकेटका ब्याड म्यान मानिन्छन्। यी क्रिकेटरका लभ, अफेयर्स र ब्रेकअपका साथै रोमान्सका कथा चर्चामा रहने गरेका छन्।

एजेन्सीको सहयोगमा

एक पटक पढ्नुहोस