After header

७७ जिल्लामा मुलुकी ऐन २०७४ शुभारम्भ भएको घोषणा !

काठमाडौँ– शुक्रबारदेखि लागू भएको नयाँ मुलुकी संहिता कार्यान्वनयका लागि शुक्रबार ७७ जिल्लाका जिल्ला अदालतले मुलुकी संहिता शुभारम्भ भएको घोषणा गरेका छन् ।
साधारण नागरिकदेखि विशिष्ट व्यक्तिको दैनिकी प्रभावित हुने नयाँ मुुलुकी संहिता कार्यान्वयनका लागि ७७ जिल्ला अदालतले जनचेतनामूलक, प्रचारमूलक, सन्देश र सूचनामूलक कार्यक्रम गरी मुलुकी संहिता शुभारम्भ भएको घोषणा गरेका हुन् ।
कानुन व्यवसायी, प्रहरी र सरकारी वकिलको कार्यालयहरूसँग जिल्ला अदालतले समन्वय गरी मूलुकी संहिता कार्यान्वयन भएको घोषणा गरेका हुन् ।
त्यसक्रममा काठमाडौँ जिल्ला अदालतले सरोकारवालाबीच अन्तक्रिया गरी शुक्रबार मुलुकी संहिता शुभारम्भ भएको घोषणा गरेको छ । कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्टार राजन भट्टराईले नयाँ संहिता लागू भइसकेपछि अब सबैले कार्यान्वयन गर्नुपर्ने बताए ।  अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

एक पटक पढ्नुहोस