केरला भीषण बाढी: ३ सय २४ जनाको मृत्यु, २ लाख विस्थापित

एजेन्सी । भारतको केरला राज्यमा आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ३२४ पुगेको छ ।

यो शताब्दीकै खराब बाढीका भनिएको छ ।

केरलामा विगत १० दिनदेखि निरन्तर वर्षा भइरहेको छ । जुन विगत १ सय वर्षयताकै ठूलो भएको बताइएको छ । खासगरी केरलाका १३ जिल्ला बाढी तथा पहिरोबाट प्रभावित छन् ।

झण्डै २ लाख बाढीका कारण विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा आश्रय दिएर राखिएको छ ।

बाढीले कारण उक्त क्षेत्रको खेतीवाली पनि प्रभावित भएको छ ।

त्यहाँको मौसम विभागले वर्षा अझै  केही दिन जारी रहने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

वर्षापछि सडकसँगै हवाई उडान समेत प्रभावित भएका छन् । केरलाको मुख्य विमानस्थल २६ अगस्टसम्म बन्द हुने अपेक्षा गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उक्त राज्यमा देखिएको विपद्को अवस्था हेर्न गएको बीबीसीले जनाएको छ ।

एक पटक पढ्नुहोस