कसरी विषालु बन्दैछ शरीर ?

स्वस्थ रहनको लागि शरीरलाई समय समयमा डिटक्सीफाइ गर्न अर्थात शरीरमा जम्मा भएका विषाक्त पदार्थहरुलाई बाहिर निकाल्न आवश्यक हुन्छ ।

विभिन्न माध्यमबाट हाम्रो शरीरमा धेरै विषाक्त पदार्थहरु जम्मा भएका हुन्छन् । खाना खाने वा सास फेर्ने क्रममा हाम्रो शरीरलाई अनावश्यक पदार्थहरु शरीरमा जम्मा हुन्छन् ।

धुँवा धुलो र प्रदुषणको कारणले पनि हाम्रो शरीरमा विषाक्त पदार्थहरु जम्मा हुन्छन् । त्यसैले हामीले शरीरमा जम्मा भएका विषाक्त पदार्थहरुलाई बाहिर निकालेर शरीरलाई स्वस्थ बनाउनुपर्छ ।

शरीरमा जम्मा भएका विषाक्त पदार्थहरुलाई बाहिर निकाल्न अर्थात शरीरलाई डिटक्स गर्न धेरैले साताभर शाकाहारी खानेकुराको सेवन गर्ने गर्छन् । त्यस्तै केही मानिसहरु धुम्रपान, अल्कोहलको सेवन बन्द गर्छन् ।

तर, तपाईंलाई थाहा नहुन सक्छ शरीरबाट विषाक्त पदार्ग बाहिर निकाल्नको लागि अरु पनि केही सजिला तरिका पनि अपनाउन सकिन्छ ।

हामीले जति पनि प्रयास गरेपनि विषाक्त पदार्थहरु जम्मा हुनबाट आफ्नो शरीरलाई बचाउन सकिँदैन । यी टक्सीनले मानिसलाई बिरामी बनाउन सक्छ र हाम्रो स्वास्थ्यलाई नराम्रोसँग प्रभावित गर्छ । यसैले शरीरलाई डिटक्स गर्न धेरै महत्वपूर्ण छ ।

यसको लागि तपाईलाई केवल आफ्नो जीवनशैलीमा केही परिवर्तन गरेर र स्वस्थ बानीहरु अपनाउन आवश्यक छ ।

आउनुहोस् जानीराखौं शरीरलाई डिटक्स गर्नको लागि कुन कुन तरिका अपनाउने

चिनीजन्य पर्दाथको सेवन कम गर्ने

आफ्नो खानपानमा चिनीजन्य पदार्थको मात्रा कम गरेमा हामीले आफ्नो शरीरलाई डिटक्स गर्न सक्छौं । यसले तपाइर्ंको मेटाबोलिजमलाई बढाउँछ र सम्पूर्ण स्वास्थ्यलाई राम्रो बनाउनेछ । चिनीको अधिक सेवनले तपाईलाई थकानको पनि महसुस हुन्छ । साथै तौल बढ्छ र मधुमेहको कारण बन्न सक्छ त्यसैले आफ्नो खानामा चिनीको मात्रा कम गर्नुहोस् ।

ताजा सब्जीहरुको जुस पिउने

ताजा सब्जीहरुको जुस पनि शरीरलाई डिटक्सिफाइ गर्ने सबैभन्दा राम्रो तरिका हो । यसैले काँक्रो, पालुंगो, ब्रोकाउली, लौका जस्ता हरिया सब्जीहरुको जुस बनाएर पिउनुहोस् । यस बाहेक दिनको सुरुवात स्याउ, अनार, केरा, गाँजर जस्ता फलफूलको जुसबाट गर्नु पनि राम्रो हो ।

पर्याप्त पानी पिउने

पर्याप्त पानीको सेवन तपाईंको शरीरलाई डिटक्सीफाइ गर्ने सबैभन्दा प्रभावकारी तरिका हो । सामान्यतया वयष्क मानिसले दिनमा २-३ लिटर पानी पिउनु राम्रो मानिन्छ ।

आफ्नो शरीरलाई हाइड्रेट राख्न र शरीरबाट विषाक्त पदार्थहरुलाई निकाल्नको लागि विहान उठ्नासाथए कम्तीमा पनि दुई गिलास पानी पिउनुहोस् । यसले रगत र पेटबाट विकारहरुलाई सफा गर्छ । तपाइर्ंले पानीमा कागतीको रस मिसाएर पिउनु भयो भने अझै राम्रो हुन्छ ।

ग्रीन टीको सेवन

कच्चा र ताजा पत्तीहरुबाट बनेको ग्रीन टीमा भरपूर मात्रामा एन्टीअक्सिडेन्ट हुन्छ जसले शरीरलाई रेडिकल्सबाट बचाउँछ । यसले तपाईंलाई हाइड्रेट राख्न सहयोग गर्छ र लामो समयसम्म पेट भरि राख्छ । ग्रीन टीमा क्याफिनले शरीरको लागि धेरै फाइदा गर्छ ।

नियमित व्यायाम गर्ने

यदि तपाई नियमित रुपले एक्सरसाइज गर्नुहुन्छ भने यसले तपाईको शरीरलाई सक्रिय राख्छ र विषाक्त पदार्थहरुलाई बाहिर निकाल्न मद्धत गर्छ ।

नियमित व्यायाम गर्नाले पाचनप्रणाली राम्रो हुन्छ, मानिसलाई तनाव कम हुन्छ र शरीरको जोनीहरु मजबुत हुन्छ । व्यायामले शरीर स्वस्थ र फुर्तिलो हुन्छ । त्यसैले दैनिक केही समय निकालेर व्यायाम गर्ने गर्नुहोस् ।

एक पटक पढ्नुहोस