३९ लाख नाग्यो विश्वभर कोरोना संक्रमितको संख्या,यी ५ देश बढी प्रभावित

एजेन्सी ।  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख ८१ हजारभन्दा बढी पुगेको छ । वल्ड्रोमिटरको तथ्याँकअनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या विश्वभर ३९ लाख ८१ हजार  ७ सय ६३ जना पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी संक्रमित हुने ५ देश
अमेरिका– १३ लाख ८ हजार ५ सय ८२
स्पेन– २ लाख ६० हजार, १ सय १७
इटली– २ लाख १७ हजार १ सय ८५
ब्रिटेन– २ लाख ११ हजार ३ सय ६४
रुस– १ लाख ८७ हजार ८ सय ५९

इटलीमा मर्नेको संख्या ३० हजार नाघ्यो

इटलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३० हजार २ सय १ पुगेको छ । अमेरिका र बेलायतपछि इटली संक्रमणबाट मर्नेहरुको संख्याका आधारमा तेश्रो देश भएको छ । अमेरिकामा मर्नेहरुको संख्या ७७ हजार नाघेको छ भने बेलायतमा ३१ हजार बढीको मृत्यु भएको छ ।

एक पटक पढ्नुहोस