रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबारदेखि देशभरी लकडाउन खुकुलो पारिने जानकारी दिएका छन् ।
पुटिनको यो निर्णय त्यतिबेला आएको हो जब देशमा पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ५६ नयाँ संक्रमित भेटिएका छन् ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार रुसमा हालसम्म २ लाख २१ हजार ३ सय ४४ संक्रमित छन् भने मृतकको संख्या २ हजार ९ रहेको छ ।
फ्रान्स र स्पेनमा राहतः
युरोपमा कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित देशमध्ये फ्रान्स र स्पेनले अब लकडाउनमा क्रमशः छुट दिइरहेको छ ।
संक्रमण फैलनबाट रोक्नका लागि यहाँ हालसम्म कडा प्रतिबन्ध लगाइएको थियो ।
ब्राजिलमा ११ हजार बढीको मृत्युः
ब्राजिलमा पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ३२ कोरोना संक्रमित भेटिएका छन् भने ३ सय ९६ जनाको मृत्यु भएको छ ।
यहाँ हालसम्म संक्रमितको संख्या १ लाख ६९ हजार १ सय ४३ रहेको छ भने ११ हजार ६ सय २५ को मृत्यु भइसकेको छ ।
लेबनानमा पुनः बढे संक्रमितः
लेबनान प्रशासनले कोरोना संक्रमणको दोस्रो लहरबारे चेतावनी जारी गरेको छ ।
यहाँ लकडाउनमा केही राहत दिएपछि एक महिनामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
लेबनानमा कोरोना संक्रमितको संख्या ९ सय बढी छ ।
संसारभरी ४२ लाख बढी संक्रमित
संसारभरी कोरोनाभाइरसका ४२ लाख बढी संक्रमित पुगिसकेका छन् । हालसम्म १४ लाख संक्रमित निको भइसकेका छन् ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार २ लाख ८७ हजार बढीको मृत्यु भइसकेको छ ।
Prev Post