तीन दिनअघि महेन्द्रनगरबाट आएकी थिइन् काठमाडौंकी कोरोना संक्रमित

मंगलबार काठमाडौं चन्द्रागिरि-९ मच्छेगाउँमा भेटिएकी संक्रमित महिला वैशाख २९ गते महेन्द्रनगरबाट काठमाडौं आएको पुष्टि भएको छ।

आएको भोलिपल्टै उनको स्वाब परीक्षण गरिएकोमा मंगलबार पोजेटिभ रिपोर्ट आएको हो।

३३ वर्षीया ती महिला प्राइभेट गाडीमा आएको बुझिएको छ।

उनलाई मंगलबार राति नै टेकु अस्पतालमा लगिएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

‘उनको सम्पर्कमा आएको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ,’ उनले भने।

 

यसअघि भक्तपुरमा भेटिएका दुईमध्ये एक जना महिला सुनसरीबाट तीन दिन अघि काठमाडौं आएको खुलेको थियो।

हिजैमात्रै एकैचोटि ८३ जनामा कोरोना देखिएको थियो। तीमध्ये उपत्यकाका तीन जनामा कोरोना पुष्टि भएको हो।

 

एक पटक पढ्नुहोस