गगन थापाद्वार स्वास्थ्य मन्त्रीलाई – पाँच लाख जनामा कोरोना परीक्षण गरौं

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेर कोरोना परीक्षणको दायरा वृद्धि गर्न माग गरेका छन्।

बुधबार स्वास्थ्यमन्त्री ढकाललाई भेटेर सांसद थापाले हजार जनामा परीक्षण गर्ने होइन लाखौंमा परीक्षण गर्ने तयारी गर्न आग्रह गरेका हुन्।

‘आज स्वास्थ्यमन्त्रीलाई भेटेर परीक्षणको दायरा बढाउन आग्रह गरेको छु,’ सेतोपाटीसँग कुराकानी गर्दै थापाले भने, ‘हजारमा होइन लाखौंमा पिसिआर परीक्षण गर्ने सोच राखेर तयारी गर्नुस्।’

कोरोना संक्रमण अझै केही समय रहने भएकोले मन्त्रालयले स्वास्थ्य सामग्री खरिद गर्नुपर्ने उनले बताए।

‘केही हजार थान मास्क किन्न मन्त्रालय डराउनुपर्दैन,’ उनले भने, ‘सरूवा रोगलाई हेप्न हुन्न। तयारी राम्रो गर्नुपर्छ।’

 

एक पटक पढ्नुहोस