काठमाडौं–एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।
संयुक्त पत्रकार सम्मेलन काठमाडौको अन्नपुर्ण होटलमा दिउँसो ३ बजे राखिएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सुर्य थापाले जानकारी दिए ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेपछि ओली र दाहालले पहिलोपटक संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
निर्वाचनमा प्रत्यक्ष तर्फको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको पनि अन्तिम चरणमा पुगेको छ । यो दुवै परिणाममा बाम गठबन्धनले बहुमत ल्याएका छन् ।
उक्त पत्रकार सम्मेलनमा पार्टी एकता संयोजन समितिका नेताहरु समेत सहभागि हुने बताइएको छ ।
