७ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभाव नेपालमा कम्तिमा तीन दिनसम्म पर्ने भएको छ ।
अम्पुनको अप्रत्यक्ष प्रभावले गण्डकी प्रदेशदेखि पूर्वको भूभागमा बदली भई केही स्थानमा पानीसमेत परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
