त्रिविका नियुक्तिहरुमा प्राध्यापक संघको आपत्ति

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले त्रिविका विभिन्न पदहरुमा हालै गरिएका नियुक्तिहरुप्रति आपत्ति जनाएको छ ।

संघका सभापति डा. वसन्त ढकाल र महासचिव केशवराज शर्माले जारी गरेको सो विज्ञप्तिमा  ‘हालै मात्र चिकित्साशास्त्र अध्ययन संस्थानको डीन लगायत विभिन्न निकायहरुमा गरिएका नियुक्तिले प्राध्यापक संघ र पदाधिकारीहरुवीच भएका बैठक तथा सम्वादहरुमा पटकपटक वरिष्ठता र पूर्ण कार्यकालको मापदण्डलाई कडाइका साथ लागु गरिनेछ भन्ने सहमतिको उल्लंघन भएको’ जनाइएको छ ।

‘यस्ता खालका गम्भीर त्रुटिहरुले निरन्तरता पाउदै जाने हो भने विश्वविद्यालयको गरिमा र यस भित्र कार्यरत प्राध्यापकहरुको मनोवल घट्न गई प्राध्यापन क्षेत्रकै मानमर्दन हुन जाने’ जनाउँदै विज्ञप्तिमा ‘यस्तो कार्य अविलम्व सच्याउन’ माग गरिएको छ ।

एक पटक पढ्नुहोस