पहिरामा पुरिएका चालकको मृत्यु

गुल्मी ।  पहिराले जीप पुर्दा गम्भीर घाइते भएका  धुर्कोट गाउँपालिका –३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ । उनको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएर उपचारत २७ वर्षीय रमेश राना भने उपचारपछि घर फर्किएका छन् । अर्घाखाँचीको सन्धिखर्कबाट  धुर्कोट –३  हाडहाडेतर्फ जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप  शनिबार अपराह्न सडकमाथिबाट खसेको पहिराले पुर्दा धुर्कोट– ३ का १९ वर्षीय तुल्सीराम काउछाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा परी घाइते भएका अन्य तीन जनाको भने सामान्यावस्था छ ।

एक पटक पढ्नुहोस