कानून र नियमहरु संविधान विपरित बन्न हुँदैन : उपसभापति निधि

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नागरिकताका विषयमा नेपालको संविधान ०७२ ले व्यवस्था गरे विपरित कानून निर्माण गर्न खोज्नु संविधानको उल्लंघन हुने बताएका छन् ।  काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाली काँग्रेसका जिल्ला सभापतिहरुसँगको अन्तरसंवाद निधिले नेपाली काँग्रेसको पनि सोही धारणा रहेको बताएका हुन् ।

प्रतिष्ठानका प्रमुख समेत रहेका कानून र नियमहरु संविधान विपरित बन्न हुदैन भन्ने संविधानवादको मान्यता रहेको बताए । एमसिसी सम्झौताबारे काँग्रेस पार्टी र संसदीय दलले नै समर्थन गर्ने निर्णय गरिसकेको उनको भनाइ छ । सरकारले संसदमा कहिले प्रस्तुत गर्ने हो त्यो सरकारमा बस्नेहरुकै जिम्माको विषय भएको निधिले बाताए ।

जुम बैठकमा जिल्ला सभापतिहरुसँग कोरोना संक्रमणको अवस्था, एमसीसी, सीमा, नागरिकता विधेयक जस्ता समसामयिक विषयसहित पार्टीको अवस्थाबारे छलफल भएको थियो ।

बैठकमा जिल्ला सभापतिहरु वीरबहादुर राना, दिनेश यादव, दीपन श्रेष्ठ, लवश्री न्यौपाने, नरनारायण शाह, बिष्णु लामिछाने, रमेश धमला, भुवन श्रेष्ठ, जीतनारायण श्रेष्ठ, लीला बोखिम, हरिप्रसाद वोहरा, भरतबहादुर स्वाँर, भेषबहादुर पौडेल, कविराज पण्डित, महेश शंकर गिरि, बैकुण्ठ न्यौपाने, नरेन्द्रकुमार केरुड, मधु आचार्य, रुद्र खड्का, महेन्द्र यादव, अजयकुमार द्विवेदी, प्रदीपकुमार सुनुवार, खिमप्रसाद भुसाल, नागेन्द्रकुमार राय, कृष्णप्रसाद यादव, केशरमान रोकाया, नन्दमणि राई, रामचन्द्र यादव, पेमा छिरिङ तामाङ, प्रदीप देउवा सहितले उपस्थिति र मन्तव्य प्रकट गरेका थिए ।

करीब पाँच घण्टासम्म चलेको बैठकमा प्रतिष्ठानका कार्यकरी निर्देशक प्रा. पुरुषोत्तम दाहाल र सदस्य डा. जगदीशचन्द्र पोख्रेलले समेत विचार प्रकट गरेका थिए ।

एक पटक पढ्नुहोस