काभ्रे/ काभ्रेमा रासायनिक मलको अभाव बढे सगै किसानले मलको माग गदै ज्ञापज पत्र बुझाएका छन् । धुलिखेलमा अवस्थित कृषि सामग्री केन्द्र लिमिटेड मार्फत कृषि सामग्री केन्द्र लिमिटेडले केन्द्रीय कार्यालय र साल्ट ट्रेडिङ कम्पनी लिमिटेड केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले किसानका लागि मल माग गर्दै कृषि सामग्री कम्पनी लिमिटेडलाई ज्ञापनपत्र बुझाएको हो । अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र ) का अध्यक्ष शिव ढकालको नेतृत्वमा धुलिखेलस्थित सामग्री कम्पनी लिमिटेडको कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
रासायनिक मलको चरम अभावले काभ्रे लगायत चार जिल्लाका किसान ठूलो मारमा परेको कारण ज्ञापनपत्र बुझाउनुपरेको महासंघका जिल्ला अध्यक्ष शिव ढकालले जानकारी दिए ।
‘संघीय राजधानी काठमाडौंको नजिक भएर पनि किसानले पाउनुपर्ने हरेक सुविधाबाट काभ्रेका किसान वञ्चित भएको छ । यतिबेला किसानले मैकमा रासायनिक मल हाल्ने समयमा पनि मल पाएका छैन । ‘मुलुकमा राजनीतिक परिवर्तन भएर पनि किसानको अवस्थामा कुनै परिवर्तन भएको छैन ।
त्यसमा पनि कृषि उत्पादनका आधारभूत आवश्यकता मल, बिउविजन, कीटनाशक औषधिको अभावले किसान मारमा परेका छन् ।’ त्यसैको कारण राज्यलाई किसानको मर्का चाडो भन्दा चाडो बुझ्न आग्रह गदै रासायनिक मल तुरुन्तै उपलब्ध गराउन हामीले ज्ञापनपत्र बुझाएका हौ उनले भने ।
काभ्रेमा तत्काल युरिया मल १० हजार मेट्रिक टन र डिएपी पाँच हजार मेट्रिक टन आवश्यक रहेकाले यसका लागि जति सक्दो मल ल्याउन पहल गर्न आग्रह गरेको उनले भने । उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका केन्द्रीय सदस्य हरि तिमल्सिना, झलक लामिछाने र वासु धिताल लगायतको सरकारले छिटो भन्दा छिटो रासायनिक मल उपलब्ध गराउन मागे गरेका छन् ।
