धुलिखेल/ आफ्नो र श्रीमतीको जन्म दिनको अवसर पारेर काभ्रेका पत्रकार नवराज बजगाई र उनको धर्मपत्नी तारा भट्टराईले बृद्धबृद्धा र असहायलाई खाद्यान्य र लत्ता कपडाहरु दिदै जन्म दिन मनाएका छन् ।
काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहाय सित आफ्नो जन्मदिनको अवसरमा बजगाईले आफूले सकेको सहयोग गदै जन्म दिन मनाएका छन् ।
पत्रकार महासंघ काभ्रे र प्रेस चौतारी काभ्रेका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका बजगाईले शनिबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसंगै खाद्यान्न र लत्ता कपडाहरु सहयोग गरेका छन् ।
मेरो र मेरो आज असार १८ गते र धर्मपत्नीको यही असार २२ गते जन्मदिनको परेकाले हामी दुवैले एकैपटक मनाउने सोच रहेकाले आज यस सस्थामा आफूले सकेको सानो सहयोग गरेको उनले बताए । गत वर्ष पनि हामी दुवै जनाले सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरुमा सहयोग गर्दै आफ्नो जन्म दिन मनाएको उनले सुनाए ।
आफुलाई जन्मदिने बुबा आमा नभएपनि सेवा घरमा रहेका बृद्धबृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै मातृ प्रेमको आभास मिल्ने गरेको उनको भनाइ थियो । असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा उनिहरुको मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले मन्दिर गएर पूजा गर्नु भन्दा आश्रममा रहेकाहरुलाई सहयोग गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने हुदाँ आफुले सकेको सहयोग जारी राख्ने बजगाईले बताए ।
धेरै सहयोग गर्न नसकेपनि जे जती सकियो तेति सहयोग गर्दा समाजका अरुले पनि देखेर यसैगरी सामाजिक कार्यमा लाग्न सक्ने भन्दै आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको पत्रकार बजगाईले बताए ।
सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठले धेरै जसो जन्म दिन, अनि आफ्नो पित्रीहरुको सम्झानामा यस्ता धेरै सहयोग आउने गरेको उनले बताईन ।
