After header

प्रजातान्त्रिक सेनानी एवं समाजसेवी थापाको निधन

पनौती/ प्रजातान्त्रिक सेनानी एवं समाजसेवी पनौती नगरपालिका भित्रका एक खम्बा रहेका गोपाल बहादुर थापाको निधन भएको छ ।आफूमात्रै नभएर सिंगो परिवार र गाँउलाई नै सामाजिक सेवामा उत्प्रेरणा जगाउने पनौतीका समाजसेवी प्रजातान्त्रिक सेनानी गोपालबहादुर थापाको ८० बर्षको उमेरमा सोमबार असामयिक निधन भएको छ ।

सामाजिक,धार्मिक तथा शैक्षिक क्षेत्रको विकासमा कृयाशिल थापा एक साताअघि अस्वस्थ्य भएपछि मेडसिटी अस्पतालमा भर्ना गरिएको थियो । उहाँले आफुमात्रै नभएर सिंगो समाजलाई नै सामाजिक क्षेत्रमा कृयाशिल बनाउन उत्प्रेरित गर्ने मुख्य जिम्मेवार ब्यक्ति समेत थिए ।

राजनितीकसँगै सामाजिक कार्यमा कृयाशिल उनी प्रजातान्त्रिक सेनानी हुनुहुन्थ्यो । उहाँको मृत्युको खबरले सिंगो काभ्रे शोकमा डुबेको छ । राजनिती गर्ने मान्छे व्यवसायिक बन्न आवश्यक छ भन्दै २०४८ सालबाटै पोल्ट्री क्षेत्रबाट समृद्धि लिन सकिन्छ भनेर असायहले उनी राजनिति सगै आफ्नो व्यसाय समेत शुरु गरेका थिए ।

२०४६ साल र २०४९ सालमा तत्कालिन सुब्बा गाउँ विकास समितीको अध्यक्ष बनेर सेवा गरेका उनीले २०५४ सालमा पुन पनौती नगरपालिका बनेपछि सोही वडाको अध्यक्ष बनेर नगर भित्र धेरै समाजसेवाका काम गरेका थिए ।सामुदायिक वन उपभोक्ता समितीको अध्यक्ष बनेर समाजलाई वन जोगाउने कार्यको प्रेरणा दिने उहाँले आफूलाई सदैव समाजप्रती जिम्मेवार बनाउनुभयो स्थानियहरुको भनाई छ । उहाँले विपीको आर्दश कहिल्यै छाड्नु भएन ।

उहाँको भौतिक शरिर त्यागेपनि उहाँ काभ्रेमा अमर बन्नु भएको छ । उहाँको अन्तिम संस्कारमा हजारौंको संख्यामा मानिसहरु पनौतीको त्रिवेणीघाटमा पुगेर अन्तिम श्रद्धाञ्जली दिएका छन् । त्यसमा उहाँले गरेको कर्म जोडिएको छ । काभ्रेको नयाँ धार्मिक गन्तव्यको रुपमा विकास भएको पनौती नगरपालिका वडा न ५ सुब्बा गाउँमा रहेको मुक्तिनाथ मन्दिर उहाँकै परिकल्पनामा गत बर्ष निर्माण सम्पन्न भएको थियो ।

घर परिवार र समाजले हात खुल्ला गरेर एउटा ऐतिहासिक धरोहरको निर्माणका लागि थापा परिवारलाई धेरैले सहयोग गरिएका थिए । सेनानी थापाको त्यो सपनाको मन्दिरले उहाँलाई सदैव अमर बनाएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई, नेपाली काग्रेसका केन्द्रीय सदस्य गणेश लामा, नेपाली काग्रेसका जिल्ला सभापति तिर्थ लामा, पनौती नगरपालिका नगर प्रमुख रामशरण भण्डारी लगायतले उहाँको शरिरमा पार्टीको झन्डा ओढाएर सम्मान गरेको थियो ।

उनको अन्तिम श्रद्धाञ्जलीका लागि काभ्रे जिल्लाका राजनितिक नेता, शुभचिन्तक लगायत हजारौं सख्यामा आएकाहरुले पनौतीको त्रिवेणी घाट अन्तिम श्रद्धाञ्जली दिएका थिए । उहाँको तीन छोराहरु नारायण थापा, डा हरि कृष्ण थापा र श्याम कृष्ण थापा र चार छोरी र श्रीमती हुनुहुन्छ ।

एक पटक पढ्नुहोस