काभ्रे/ काभ्रेको खानीखोला गाउँपालिका १ स्थित गैरीभाञ्याङमा बोलेर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएक छन् ।जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले दुर्घटनामा परी खानीखोला–४ स्थित् डाँडागाउँका ज्ञानबहादुर जिम्बाको २१ वर्षीय छोरा दिपेश जिम्बाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार मृतक जिम्बाको शव बनेपास्थित शिरमेमोरियल अस्पतालमा राखिएको छ । काभ्रेको विकट खानीखोला गाउँपालिका–१ स्थित गैरीभान्ज्याङमा खानीखोलाबाट बनेपातर्फ दशैँको लागि खसी लिएर आउँदै गरेको बा५च ४११७ नम्बरको बोलेरो दुर्घटना भएको हो ।
त्यस्तै घाईते ५ जनालाई उपचारका लागि अस्पताल लागिएको छ । जसमा शिरमेमोरियलमा छिरिङ जिम्बा र रुपेश स्याङ्तान रहेको छ भने धुलिखेल अस्पतालमा मिलन लोप्चन, बलबहादुर बल र पुतलीमाया बल रहेका छन्। घाइतेमध्ये पुतलीमायाको अवस्था गम्भीर रहेको अस्पतालले जनाइएको छ । बलबहादुर र पुतलीमाया श्रीमान श्रीमती हुन् । बोलेरो गाडीमा १० सवार रहेको मित्र बल लगायतका ३ जनाको भने सामान्य चोटपटक लागेको छ ।
बोलेरो शनिबार विहान अन्दाजी साढे २ बजेतिर दुर्घटना भएको अनुमान गरिएको छ । बोलेरो गाडी सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । डिएसपी न्यौपानेले बोलेरो चालक र सहचालक फरार रहेकोले उनीहरूको खोजी कार्य भइरहेको बताए । उनका अनुसार सवारी धनी भने प्रहरीको नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले दुर्घटना भएको सूचना प्राप्त हुन साथ घाइतेको उद्धारको लागि तत्काल गाउँपालिकाको एक र बेथानचोक गाउँपालिका दुई वटा एम्वुलेन्स घटनास्थलतर्फ पठाएका थिए । उनका अनुसार दुर्घटनामा परेर ६५ वटा खसीमध्ये एउटा मरेको छ भने ४ वटा घाइते भेटिएको जानकारी दिए । उनले अन्य खसीको खोजी भइरहेको बताए ।
