
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड एक्सटेन्सन काउन्टर नक्सालमा
काठमाडौं/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड एक्सटेन्सन काउन्टर नक्सालमा एक कार्यक्रमको बिचमा उट्घाटन गरिएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय नक्साल परिसरस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड एक्सटेन्सन काउन्टरको आज मंगलबार एक कार्यक्रमको बिच उद्घाटन गरेका हुन् ।
उनले काउन्टरको अवलोकन गर्नुका साथै त्यहाँबाट प्रवाह हुने सेवाबारे जानकारी समेत लिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बैंकसँगको सञ्जालमा जोडिएपछि बिना धितोमा कर्जा, दुर्घटना बिमा र सेवा शुल्कमा भएको सहुलियतले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न मद्दत गरेको बताए ।
राष्ट्रिय वाणिज्य बैंकको सबै भन्दा ठूलो ग्राहक समूहमा नेपाल प्रहरी सूचिकृत हुनु खुशीको विषय भएको चर्चा गर्दै उनले देशभरका कुल ९५ हजार भन्दा बढी नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त सदस्यहरूले बैंकको सञ्जालमा आवद्ध भई सबै जिल्लाहरूबाट सेवा प्राप्त गरिरहेको बताए ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी र बैंकबीच विभिन्न क्षेत्रमा समझदारी हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत दुवै पक्षबीच आवश्यक समन्वय र समझदारीलाई निरन्तरता दिइने बताए । दुवै पक्षबीचको सम्बन्धलाई सुदृढ गरी अझ गतिशिलताका साथ अगाडि बढ्ने विश्वास लिएको श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृत एवम् बैंकका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
Prev Post
Next Post
एक पटक पढ्नुहोस