काठमाडौं । अभियन्ता ईःले तीन सुत्रीय माग राख्दै लुम्बिनीको मायादेवी मन्दिरबाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन् । उनले सहरी गरिबको कुरा सुनाउन मायादेवी–सिंहदरबार यात्रा सुरु गरेको जानकारी गराएका छन् । देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवं गरीबलाई विना अध्ययन र विना विकल्प विस्थापन नगरी कानुन र संविधानको मर्म परिधिभित्र बस्न निर्देशन दिने ।
शहरी गरीबको संरक्षण गर्न आवश्यक व्यवस्था तथा सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापन सम्बन्धी संघीय कानुन निर्माण र भएएका कानुनको सबलीकरण । पालिकाहरुलाई शहरी गरिबलाई सम्बोधन गर्न सहयोग गर्ने सडक व्यवसाय व्यवस्थापन बृहत्तर अनौपचारिक क्षेत्र र साना उद्यम प्रवर्द्धन गर्ने तहगत सहकार्य कार्यक्रमलाई प्राथमिकता दिने । यस्ता तीन माग राख्दै उनले आज बाट पैदयात्रा शुरुगरेका छन् ।
लुम्बिनीबाट आइतबार विहान ८ बजे सुरु भएको ईः को पैदलयात्रा फागुन ७ गते सिंहदरबारमा आएर समाप्त हुनेछ । यसअघि उनी काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर १९९ घण्टा उभिएका थिए ।
