After header

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

धरान । ईलाका प्रहरी कार्यालय धरानले १३ वर्षपछि एक प्रतिवादीलाई पक्राउ गरेको छ । सामूहिक जवरजस्ती करणी मुद्दाका फरार रेहका जिल्ला सुनसरी साबिक भरौल गाविस वडा नं. ५ हालको परिवर्तित बराहक्षेत्र न.पा. वडा नं. १ बस्ने वर्ष ३७ को अर्जुन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरान सुनसरीका प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार सामूहिक जवरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतबाट २०६७ सालमा नौ वर्ष पाँच महिना १९ दिन कैद फैसला भई फरार रहेका थिए । १३ वर्ष अघि नावालिका १५ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेका उजुरीपछि निज प्रतिवादीलाई खोजतलास गर्ने क्रममा निज हाल लुकिछिपी धरान एरियामा बस्ने गरेको सुराक पत्ता लगाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१२ बाट पक्राउ गरेको उनले जानकारी दिए ।

पक्राउ परेको निज प्रतिवादीलाई तोकिएको कैद जरिवाना भुक्तानीका लागि सुनसरी जिल्ला अदालतमा पेश गरिएको उनले जानकारी दिए ।

एक पटक पढ्नुहोस