अमेरिका । मिडियाकर्मी मनोज बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ । अमेरिकाको लसएन्जल्समा आयोजित १८ ओैं युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपको बिशेष समारोहमा बस्नेतलाई गैर नाफामुखी संस्थाको रूपमा इन्टरनेशनल रूपमा काम गरिरहेको YouthÚs UNESCO Club, USA, American University of Sovereign
Nations, USA, Eubios Ethics Institute -New Zealand and Japan_, Philippine Association of Extension Program Implementers, Inc -PAEPI_ philippines, St= PaulÚs University Quezon City -SPUQC_ philippines, Youth Looking Beyond Disaster -LBD_, Youth Peace Ambassadors International -YPA_,
The World is Just a Book Away -WIJABA, USA and Indonesia_, Maritime Academy of Asia & the Pacific – MAAP_ ले संयुक्त रूपमा द्दण्द्दद्ध–द्दछ का लागि युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको हो । मिडियामा रही बस्नेतले युवा र शान्तिका लागि निभाएको भूमिकाको उच्च मूल्यांकन गर्दै अन्तराष्ट्रियस्तरमा यो अवार्ड दिएका हौंझ अमेरिकी यूनिभर्सिटी सोभर नेशन युएसएका प्रेसिडेन्ट प्रो.डा ड्यालरले भने ’आगामी दिनमा उनी अझै युवा र शान्तिका लागि योगदान गर्नेछन ।
सन् द्दण्ज्ञज्ञ बाट बिभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पुर्याउने व्यक्तिहरूलाई हरेक बर्ष यो अवार्ड दिदै आईरहेको छ । हाल सम्म ६६ देशका ब्यक्तिहरू यो उपाधि पाईसकेका छन । ’ यो अवार्डसंगै अब उनले अन्तराष्ट्रिय फोरमहरू पाउने छन् । युथ
युनेस्को क्लब युएसएका प्रेसिडेन्ट रिमेश खनालले भने संसारभरबाट बिभिन्न बिधामा रही युवा र शान्तिका लागि योगदान पुर्याउने सयौबाट उहाँलाई यसका लागि योग्य ठहराई एम्बेसडर प्रदान गरेका हौं । मिडियामा युवा र शान्ति’ बिधाबाट उनलाई छनोट गरिएको उनले बताए ।
रिपोर्टर हुदै मिडिया म्यानेजर बनेका बस्नेत बिगत १७ बर्षदेखि मिडियामा आवद्व छन । हाल उनी कान्तिपुर मिडिया ग्रुपको बिक्रीबितरण, प्रेस तथा रिजनल बिभागको प्रमुखको रूपमा कार्यरत छन ।
