काठमाडौँ । न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको जुराखेतमा दुर्घटना परेको छ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको जुराखेतमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आज बिहान भएको दुर्घटनामा परेर मुख्य न्यायाधीश सहित ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।घाइतेहरूलाई उपचारको लागि हेटौँडा अस्पतालमा पठाइएको छ । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना भएको हो । गाडीमा मुख्य न्यायाधीश र उनका पारिवारिक सदस्यहरू रहेको बताइएको छ ।
