कोरोना परीक्षणबाट पछि हट्यो सरकार, लक्षणरहितको परीक्षण नगर्ने विवादास्पद निर्णय !

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका व्यक्तिको कोभिड–१९ को आरटी पिसिआर परीक्षण नगर्ने विवादास्पद निर्णय गरेको छ। जनस्वास्थ्यविद्को सुझावविपरीत मन्त्रालयले कोरोना संक्रमण भए नभएको पत्ता लगाउन गरिने उक्त परीक्षण लक्षण नदेखिएको हकमा नगर्ने निर्णय गरेको होे। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको आइतबारको बैठकले कोरोनाको लक्षण वा चिह्न देखिएका व्यक्तिहरुमा मात्रै आरटी पिसिआर परीक्षण गर्ने निर्णय गरेको होे। स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको सेन्टरको बैठकले गरेको निर्णयमा क्वारेन्टिनमा बसेका व्यक्तिमा पनि लक्षण देखिएकाको मात्रै पिसिआर परीक्षण गर्ने उल्लेख छ। यो निर्णयले कोभिड–१९ को लक्षण वा चिह्न नदेखिएका तथा क्वारेन्टिनमा बसेका लक्षण नदेखिएका व्यक्तिको परीक्षण नगर्नू भन्न खोजेको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकृतले बताए।

एक पटक पढ्नुहोस