पूर्वसभामुख भन्छन् – ‘निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुँदैन’

काठमाडौँ – पूर्वसभामुख दमननाथ ढुङ्गानाले वर्तमान निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुन नसक्ने बताएका छन् ।

अन्तरराष्ट्रिय लोकतन्त्र दिवस १५ सेप्टेम्बरका अवसरमा जुम प्रविधिबाट आज आयोजित लोकतन्त्र संवादको ३४ औँ शृङ्खलामा उनले लोकतान्त्रिक शासन व्यवस्था स्थिर बनाउन निर्वाचन पद्धति सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरे । सत्य निरुपण र मेलमिलाप आयोगका काम पूरा नभई शान्ति प्रक्रिया अलपत्र छाडिनु पनि लोकतन्त्रप्रति चुनौती बनेको उनको विश्लेषण थियो ।

एक पटक पढ्नुहोस