After header

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान

काठमाडौं/  प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अनुमानति १० अर्ब खर्च हुने बताएका हुन् ।

उनले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको उनको भनाई थियो । चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको समेत उनले सम्मेलनमा जानकारी दिए ।

मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।आगामी निर्वाचनका लागि कूल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

एक पटक पढ्नुहोस