काभ्रे/ नेपाली काँग्रेस काभ्रेका सभापति तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ (ख)का उम्मेदवार तिर्थ लामाले आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्नलाई मतदान गरेर जिताउन आव्हान गरेका छन् ।
उनले शनिबार काभ्रेको भकुण्डेमा गठबन्धन दलहरुको अगुवा कार्यकर्ता भेलामा आयोजना गरिएको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामाले यस्तो बताएका हुन् । निर्वाचनलाई आफूहरुले मैत्री पूर्ण प्रतिस्पर्धाको रुपमा लिएको बताउँदै लामाले राजनैतिक स्थिरता, संविधानको रक्षा र समृद्धिको लागि गठबन्धन गरेको प्रष्ट पारे ।
उनले प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यमान दोङ (लालध्वज)लाई जिताउने जिम्मा पनि आफूहरुको भएको बताए । ‘अहिले विरामी हुनु भएको छ । जनताको घरदैलोमा पुग्न सक्ने अवस्था छैन ।’ उनले भने, ‘अब रत्नजी र मैले सबै जिम्मा लिन्छौं । उहाँ मंसिर ४ गतेसम्मै हिंड्न गाह्रो भए छ भने पनि जिताएर ल्याउनेछौं ।
’ उनले भने । ‘काभ्रेको माटोमा जन्मेको नेता हुनुहुन्छ । निस्कलंक व्यक्तित्व हुनुहुन्छ ।’ लामाले भने, ‘अब हामी जनताकोमा जान्छौं ।’ उनले नेता लालध्वजको स्वास्थ्य लाभको कामना समेत गरे ।अहिले भष्ट्रचारी कम्प्युनिष्टहरुले दोहोरो भुमिका निभाईरहेको बताउदै काभ्रे जिल्लाकै बदनाम गरेका ब्यक्तिहरुले फेरी पनि काभ्रेको जनतालाई झुठो आश्सन दिएर घरदैलोमा पगिरहेको बताउदै भोलिका दिनमा जनताले हिजोको दिन सम्झेर भोट गर्न समेत लामाले आग्रह गरे ।