काभ्रे /
नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला संयोजक भोला अर्यालले गठबन्धनको ठूलो दल नेपाली काँग्रेसलाई विश्वास गर्न नसकिने बताएका छन् । नेकपा माओवादी केन्द्र पाँचखाल नगर समितिले आयोजना गरेको विजया दशमी, शुभ दिपावली तथा छटको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै संयोजक अर्यालले स्थानीय निर्वाचनमा काँग्रेसले धोका दिएर गठबन्धनका उम्मेदवार पराजित भएको आरोप लगाउँदै काँग्रेसले राजनीतिक बेइमानी गरेको आरोप लगाए । 
कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले भने “स्थानिय तहको निर्वाचनमा माओवादीले इमान्दारिताका साथ कार्य गर्दै गठबन्धनका उम्मेदवारलाई निर्वाचित गरायो तर नेपाली काँग्रेसले राजनीतिक बेईमानि गरेका कारण गठबन्धनका अन्य दलका उम्मेदवार पराजित हुनु पर्यो । विगतमा गरेका कमजोरिका बारेमा माफि नमागेसम्म काँग्रेसलाई मत दिने र विश्वास गर्ने वातावरण छैन ।”
