काभ्रे । बालबालिकालाई श्रममा प्रयोग नगरौंै,बालश्रम समाजको निर्माण गरौं भन्ने मूल नारा सहित काभ्रेको पनौती नगरपालिकाले बालश्रम निवारणका सन्दर्भमा आज पत्रकारहरुसगँ छलफल तथा अन्र्तक्रिया गरेको छ । बालश्रममुक्त नगरपालिका घोषणाको अन्तिम तयारीमा रहेको नगरपालिकाले हालसम्म गरेका प्रगति तथा आगामी योजनाको बारेमा पत्रकारहरुसगँ छलफल गरेको थियो ।
नगरभित्र बालश्रम निवारणको लागी स्थानीय तहको भुमिका बारे जनप्रतिनिधिहरु र सरोकारवालहरु बीच अन्तरक्रिया गरिएको छ ।कार्यक्रममा नगरपालिकाका बालमैत्री संपर्क व्यक्ति केशव बञ्जाराले नगरपालिकाले हालसम्म गरेका कार्यको बारेमा जानकारी गराएका थिए । पनौती नगरपालिका २०७८ असार ३० गते बालमैत्री नगरपालिका घोषणा भएको थियो ।
नगरपालिकाले बालमैत्री स्थानीय शासन अन्तर्गत ५१ वटा सुचकमा रहेर काम गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा नै उक्त विषय समावेश गरिएको बालमैत्री संपर्क व्यक्ति बञ्जाराले बताए । हालसम्म पनौती नगरपालिकाका १२ वटा वडा मध्ये वडा नं. ११ नगरपालिकाकै पहिलो बालश्रममुक्त वडा घोषणा भएको छ । अन्य वडाहरु बालश्रममुक्त वडा घोषणाको तयारीमा रहेका छन ।

बालश्रमको तथ्यांक संकलन गरिएको, बालश्रममुक्त नगर घोषणा कार्यविधि तयार गरिएको, होर्डिङ बोर्ड, हातेपर्चा, प्रतिवद्धता पत्र तयार भएको, बालश्रम निवारण डेस्क बनाइएको बालमैत्री सम्पर्क व्यक्ति बञ्जाराले बताए । यस्तै हरेक वडामा एक घर, एक मिनेट कार्यक्रम समेत सञ्चालन गरिएको छ भने बालश्रम प्रयोग नगर्ने उद्योगी व्यवसायीलाई सम्मान गरिएको छ । नगरभित्र अझैपनि १७ जना बालबालिका श्रममा रहेको तथ्यांक सार्वजनिक भएको छ । बालबालिकाको जन्मदर्ता विवरण तयार गर्ने, क्षमता अभिवृद्धि गर्ने, चेतनामुलक कार्यक्रम तयार पार्ने, बालश्रमको अवस्था अनुगमन लगायतका कार्य गर्ने लगायतको काम नगरपालिकाले गर्नेछ ।
कार्यक्रममा अन्तराष्ट्रिय श्रम संगठनका उद्धवराज पौड्यालले बालश्रमिकको अवस्था बारे जानकारी गराएका थिए । उनका अनुसार नेपालमा ५ देखी १७ वर्ष उमेर समुहका ७० लाख बालबालिका मध्ये ११ लाख बालबालिका श्रममा संलग्न छन् । जसमा १ देखी १३ वर्ष उमेर समुहका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखी १७ वर्ष उमेर समुहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालक भन्दा बालिका श्रममा बढी छन् । १४ प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेको पौड्यााले बताए ।
कार्यक्रममा नगरप्रमुख रामशरण भण्डारीले बालश्रम मुक्त सहित बालमैत्री नगर घोषणा गर्ने अभियानमा साथ दिने संघसस्थाहरुलाई आग्रह गरेका छन् । बालबालिकाको क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । हामीले सबै वडागत तथ्याङ्कका आधारमा हेरेर वडाहरु बालश्रममुक्त घोषण गदै आईरहेका छौ । सिङ्गो नगरपालिकालाई बालश्रममूक्त घोषण गर्न बालमैत्री स्थानीय शासन अन्तर्गत सञ्चालित कार्यक्रमले बालबालिकाको अवस्थामा सुधार आएको, विद्यालय छाडेका धेरै बालबालिका पुनः विद्यालय भर्ना भएको उनले बताए ।
कार्यक्रममा उपप्रमुख गिता बञ्जाराले बोल्न समेत लजाउने बालबालिका अहिले आफ्नो लागि आफैं योजना बनाउन थालेका भन्दै खुसी व्यक्त गरिन् । उनले बालमैत्री दिगोपनाका लागि नरपालिकाले काम गरिहेको उनले जानकारी दिइन् । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बालबालिकालाई उचित शिक्षाको खाँचो रहेको बताए ।
बालबालिकालाई अनावश्यक काममा नलगाई उनीहरुले पढ्न पाउने अधिकारबाट कसैले पनि बञ्चित नगर्न उनले आग्रह गरे ।बालश्रममुक्त नगर घोषणमा सबैको साथ र सहयोगको अपेक्षा सहित यस नगरले गनुपर्ने बाकी थप केही भए सल्लाह सुझाव दिन उनले आग्रह गरे । कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष, विभिन्न सघं सस्थाका ब्यक्ति एवं पत्रकारहरुले बालश्रममूक्त नगर बनाउन नगरले खेल्लेको भूमिका र सुझाव सल्लाह दिएका थिए ।
