काभ्रे । काभ्रेको बनेपा नगरपालिका भित्र रहेको निजी तथा सामुदायिक विद्यालयका शिक्षहरुलाई एक दिने आँखा जाँच सम्बन्धी तालिम दिईएको छ । रेयूकाई एईको मासुनामा आँखा अस्पताल बनेपाको आयोजनामा बनेपा नगरपालिका भित्र रहेको शिक्षकलाई तालिम दिएको हो ।
बालबालिकामा विभिन्न कारणले आँखामा समस्या देख्ने र त्यसको असर विद्यालयक शिक्षकहरुसगँ जोडिने भएका कारण आँखाका समस्या पहिचानमा सहयोग पुर्याउन उदेश्यले रेयूकाई एईको मासुनामा आँखा अस्पताल बनेपाले तालिम दिएको अस्तपतालका निर्देशक हिरामणी शर्माले जानकारी दिए ।
‘अहिले बालबालिकाहरुमा आँखाको समस्या बढ्दो छ, बढ्दो आँखाको समस्याबारे थाहा पाउन अभिभावक भन्दा पहिला शिक्षकहरुलाई थाहा हुन्छ । भोलि सानो कुरा थाहा नपाउदा आँखामा ठुलै समस्या आउन सक्छ यसरी समस्याको समधान कसरी गवर्न सकिन्छ भन्ने उदेश्यले एक दिने आँखा जाँच सम्बन्धी शिक्षकहरुलाई तालिम दिएको उनले बताए ।
र्यक्रममा बनेपा नगरपाकिलाका नगर प्रमुख शान्तिरत्न शाक्यले आँखा अस्तपाल सगँ सझौता गरेर नै बनेपामा रहेको निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम दिएको बताए । अभिभावक भन्दा पनि शिक्षकलाई विद्यार्थीको किन पढ्न गाह्रो भयो किन प्रष्ट लेख्न सकेन भन्ने थाहा हुने भएकाले विद्यार्थीहरुको निगरानी अभिभावक भन्दा शिक्षकको हातमा हुने भएकाले यो तालिम शिक्षकहरुलाई दिनुपर्ने आवश्यक ठानेर तालिम दिईएको उनले बताए ।
तालिममा सहभागी शिक्षकहरुलाई आँखाको अवस्था, आँखामा आउन सक्ने विभिन्न समस्या, आँखाको हेरचाह गर्ने तरिकाबारे जानकारी दिनुका साथै चश्माको आवश्यकता भएका विद्यार्थी पहिचान गर्ने विधि लगायत आँखा भईपरि आउने समस्याका बारेमा सिकाइएको डा. रविन्द्र अधिकारीले जानकारी दिए ।
कक्षा कोठामा पठाई रहदा विद्यार्थीहरुलाई आँखा सम्बन्धी कस्ता कस्ता समस्या आउन सक्छ र यसलाई कसरी सहजता गर्ने भन्ने विषयमा तालिममा सिकाईएको डा. अधिकारीले जानकारी दिए । बढ्दो डिजिटल साधनको प्रयोगले सानो बेला उमेरका बालबालिकामा आँखामा समस्या देखिन भएकाले त्यस्ता समस्या पहिचान र निराकरणमा विद्यालयको भूमिका प्रभावकारी हुनसक्ने विषयमा पनि सिकाईएको उनले जानकारी दिए ।
तालिममा सहभागी शिक्षकहरुले विद्यालयमा बच्चाहशरुको आँखाको समस्या आए कसरी समधान गर्न सकन्छि र समयमा नै अभिभावकहरुलाई सचेत गाउनलाई सहजता यस तालिम बाट सिकेका कुराले हामीहरुलाई फाईदा नै पुगेको बताएका थिए ।तालिममा बनेपा नगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालयका ३२ जना शिक्षहरुको सहभागिता रहेको थियो ।