After header

काभ्रेको पनौती वडा नं. ५ बालश्रममुक्त घोषण

काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नं. ५ लाई बालश्रममूक्त वडा घोषण गरीएको छ । आज मंगलबार पनौती वडा नं.५ को आयोजनामा वडा कार्यालयमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडा नं. ५ लाई बालश्रममूक्त वडा नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले घोषण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले बालश्रम कानुन विपरितको कार्य र सामाजिक अपराध भएकाले बालबालिकाहरुलाई श्रममा लगाउने कामलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्ने बताए । हामीले यस पनौती नगरपालिक नै बालश्रममूक्त नगरपालिका घोषणको तयारी भईरहेको बताउदै भोलिका दिनमा सबैले उसको पालन समेत गर्न आग्रह गरे । हरेक बालबालिकाहरुले परिवारसंग बस्ने, स्कुल जाने अधिकार पाउने भएकाले उनीहरुको आधारभुत अधिकारको रक्षा गर्दै उनीहरुको उज्वल भविश्य निर्माणमा सघाउनु हरेक नागरिकको दायित्व भएको समेत भण्डारीले बताए ।

कार्यक्रममा वडा अध्यक्ष विनोद खत्रीले वडाका हरेक श्रम हुने क्षेत्रलाई निगरानी गरिने र बालबालिकाहरुको प्रयोग भएको पाईएमा कानुन बमोजिम कारबाहिको प्रकृयामा जाने बताउँदै बालश्रममुक्त घोषणालाई व्यवहारिक कार्यान्वयनमा सम्बन्धित सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए । यस पनौती वडा नं. ५ मा अनुगमन गर्दा ९ जना बालबालिकाहरु वडा बाहिरको भेटिएकाले उहालाई पनि अहिले सबैलाई विद्यालय जाने वातावरण बनाएर विद्यालय गईरहेको उनले बताए । वडा नं. ५ मा रहेको होटल, उद्योग लगायतमा वडाले अनुगमन गरी वडा बालश्रममूक्त घोषण गरेको उनले बताए ।

वडा स्तरमा गरेको सर्वेक्षणको आधारमा बालश्रममा रहेका बालबालिकाहरु नभेटिएको र बालश्रमको जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्टेशनरी लगायतका सामाग्री सहयोग गर्ने गरि बालश्रममुक्त घोषणा अभियान सञ्चालन गरेको उनको भनाई थियो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नगरपालिकाका शिक्षा शाखा निर्देशक प्रणराज न्यौपाने लगायतले लगायतले बालबालिकाहरुको अधिकार सुरक्षित गराउँदै उनीहरुलाई कानुन विपरितका श्रममा नलगाउने आग्रह गरेका थिए ।

बालश्रममूक्त घोषण सभामा वडामा सञ्चालन भएका होटल, कलकारखाना लगायतका सञ्चालकहरु एवं विभिन्न संसस्थाहरुलाई बालश्रममूक्त वडा घोषणमा सहयोग गरेको बापत प्रसंशापत्रले सम्मान गरिएको थियो । कार्यक्रममा २०७९ सालमा एस.ई.ई परिक्षमा नगरपालिकाभित्र टप वडा नं. ५ का र वडा नं. ५ का साहित्यकार रामसुन्दर देउजा लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मतन्य वडाका महिला सदस्य उजेली मिजारले गरेकी थिई भने कार्याक्रम सञ्चालन गिता तिमल्सिनाले गरेको कार्यक्रममा वडाका विभिन्न विद्यालयका विद्यार्थीहरुको साङ्गतीक प्रस्तुती समेत रहेको थियो ।

एक पटक पढ्नुहोस