After header

पूर्वगृहमन्त्री लामिछानेको बयान शुरु

बुटवल । पूर्वगृहमन्त्री समेत रहेको रवि लामिछानेको बयान लिने काम सुरु भएको जनाईएको छ । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लामिछाने बुटवल आएका हुन् । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको हो ।बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो ।

बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको मुद्दा परेको थियो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले फाइल रुजु गरेपछि बल्ल बयान सुरु भएको जानकारी दिए । उनले बयान साँझसम्म चल्ने बताए ।

एक पटक पढ्नुहोस