काभ्रे । काभ्रेको पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट घाइते सोही ठाउँका ६५ वर्षीय तीनधारे माइला भनिने दिलबहादुर श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।
ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई धुलिखेल अस्पताल लगिएको केही समयमा नै अस्पतालमा मृत्यु भएको घोषण गरेको थियो । दुई वटा बस यात्रु चढाउनका तँछाडमछाड गर्दै आईरहेको समयमा बा २ ख ६५७९ नम्बरको बस अन्यन्त्रित भई श्रेष्ठलाई ठक्कर दिएको थियो ।
उपचारको क्रममा श्रेष्ठको मृत्यु भएपछि स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले मृतकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन ।
