जनकपुरधाम । बारा जिल्लामा पुन आज पनि कफ्र्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा अहिले १ बजेदेखि कफ्र्यू आदेश जारी गरेको छ । बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कफ्र्यू लगाएको जनाएको छ ।

