After header

निर्वाचन लगत्तै जाँचबुझ आयोग प्रतिवेदन बुझाउन माग

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन लगत्तै प्रतिवेन बुझाउन माग गरिएको छ । जेनजी मुभमेन्ट अलायन्सले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन प्रतिनिधिसभाको निर्वाचन लगत्तै सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मागपत्र दर्ता गराएको छ ।

बिहीबार अलायन्सका अमृत वन, पेमा वाङ्बो लामा, मजिज अन्सारी, जय गुप्ता, अमित खनाल लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मागपत्र दर्ता गराएका हुन् ।चुनावपछि आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न माग खबरदारीपूर्ण मागपत्र दर्ता गराएको उनीहरूले बताएका छन् ।न्याय सुनिश्चितता, दण्डहीनताको अन्त्य र पीडितलाई न्याय दिलाउन आफूहरूले निरन्तर आवाज उठाउने उनीहरूले बताएका छन् ।

एक पटक पढ्नुहोस