After header

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा राजेशको उम्मेदवार

काभ्रेपलाञ्चोक । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेशकुमार श्रेष्ठ उम्मेदवार भएका छन् । सिन्धु हेलम्बु यातायात सेवा प्रा. लिका अध्यक्ष रहेका श्रेष्ठले पुण्यप्रसाद (सरोज) सिटौला) को समूहबाट श्रेष्ठ कोषाध्यक्षका उम्मेदवार बनेका हुन् ।

२०५५ सालदेखि यातायात क्षेत्रमा निरन्तर कृयाशिल श्रेष्ठ २०६७ साउन १५ देखि निरन्तर सिन्धु हेलम्बु यातायात सेवा प्रा. लि. को अध्यक्षको रुपमा काम गरिरहेका छन् । यातायात व्यवसायीको तत्कालीन बाग्मती अञ्चल सचिव र प्रादेशिक संरचनापछि प्रदेशको महासचिव भएर काम गरेका राजेश नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको अध्यक्ष समेत थिए ।

यातायात क्षेत्रमा लामो समयदेखि कृयाशिल श्रेष्ठले व्यवसायीको हकहित र यातायात क्षेत्रमा देखिएको समस्या समाधानको लागि काम गर्ने बताए ।

एक पटक पढ्नुहोस